कोहलपुरमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर नगरपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल कोहलपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूणर् प्रसाद आचार्यले कलशमा बत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षा आजका आवश्यकता रहेको बताए ।

    क्षमता प्रस्तुत गर्ने माध्यम अतिरिक्त क्रियाकलाप रहेको उनले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सरोकारावाला एकजुट हुनुपर्नेमा आचार्यले जोड दिए । ॅहाम्रा गतिविधि कोहलपुरलाई शिक्षाको केन्द्र बनाउन केन्द्रित हुन आवश्यक छ । त्यसको लागि अतिरिक्त क्रियाकलापको भुमिका महत्वपुणर् हुन्छ । विद्यार्थीलाई बहुआयामिक बनाउनुपर्छ ,’ उनले भने ।

    आगामी दिनमा समेत यस्ता प्रतियोगितालाई निरन्तरता दिनपनि उनले आग्रह गरे । यस्तै कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले यस्ता प्रकारका प्रतियोगिताले विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न भुमिका खेल्ने बताए । यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले नगरपालिकालाई शैक्षिक हब बनाउन यस्ता प्रतियोगिताले भुमिका खेल्ने बताए । उनका अनुसार यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ । यस्तै नेशनल प्याब्सनका केन्द्रीय सदस्य श्याम कुँवरले नेशनल प्याब्सन ५२ जिल्लामा फैलिएको बताए । उनका अनुसार देशको शासकीय स्वरूप अनुसार पालिका स्तरमा फैलिएका छन् ।

    नेशनल प्याब्सनको मुख्य उदेश्य विद्यार्थी पहिलो भन्ने छ । सोही अनुसार अघि बढाउनुपर्छ । यस्ता क्रियाकलापले कोहलपुर शैक्षिक हब बनाउन भुमिका खेल्छ । उनले भने । यसैगरी शिक्षक महासंघ कोहलपुरकम अध्यक्ष रामप्रसाद चापागाईंले शिक्षा विकासमा गोलबन्द हुनुपर्नेमा जोड दिए ।
    म्याथ रेस,रिडिङ क्याम्पदेखि चेस प्रतियोगिता
    प्रतियोगिताहरू विभिन्न पाँच विधामा प्रतिस्पर्धा भएको थियो । नर्सरीदेखि युकेजीका विद्यार्थी सहभागी थ्रो बल इन बकेट खेलमा फुलबारी एजुकेसनका सुप्रिम शाही प्रथम भएका छन् । उक्त खेलमा पञ्चमुखी इंग्लिस मेडियम स्कुलका वसन्त घर्ती द्वितीय स्थान हासिल गर्न सफल भए । १५ विद्यालय सहभागी प्रतियोगितामा दिव्या विद्या सदनका किरण बम तृतीय स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।

    कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी हिसाब दौडमा फूलबारी एजुकेसनल एकेडेकीका रिहान शाही प्रथम, कोहलपुर सीटी एकेडेमीका आरभ खड्का द्वितीय र रुपाचा विलिभर्स बोडिङ स्कूल सुभम थारु तृतीय स्थान हासिल गर्न सफल भएका छन् । कक्षा ४ देखि ५ सम्मका अंगे्रजी रिडिङ क्याम्पमा जनज्योति पब्लिक हाइस्कूलकी प्रिन्सा घिमिरे प्रथम, कोहलपुर बागेश्वरी इंग्लिस मेडियम स्कुलकी हिमानी भट्टराई द्धितीय र फूलबारी एजुकेसनल एकेडेमीकी सम्झना बम र  वइस्र्टन सेकेण्डरी इंग्लिस मेडियम स्कूलका शिव राज जैशी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी स्लो साईकल रेसमा फूलबारी एजुकेसनल एकेडेमीका अनुज थारु प्रथम, कोहलपुर सिटी एकेडेमीका प्रसान्त सेरपाइली द्धितीय र वइस्र्टन सेकेण्डरी इंग्लिस मेडियम स्कूलकका प्रवेश डाँगी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी भएको चेस प्रतियोगिता कोहलपुर बागेश्वरी इंग्लिस मेडियम स्कुलका माधव न्यौपाने प्रथम, जनज्योति पब्लिक सेकेण्डरी स्कूलका एकराज पाण्डे द्धितीय र दिव्य विद्या सदनका जेनिश बोगटी तृतीय भएका छन् । विभिन्न प्रतियोगितामा सहभगी भइ पदक जित्न सफल विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

  • १२ माघ २०८०, शुक्रबार २१:२२ प्रकाशित

  • Nabintech