हिमपात हुँदा हुम्लाका हिमाल सताम्बे

  • मोहनसिंह बुढा

  • जिल्ला हुम्लामा हिमपात सुरु भएपछी हिमाल सेताम्बे बनेका छन । बुधबार विहान मौसममा आएको बदलीपछि हावाहुरी सुरु भएसँगै बिहीबार बिहानबाट हिमापात सुरु भएको हो।

    जिल्लामा लामो समयपछि हिमापात हुँला कालापत्थरका रुपमा परिणत भएका डाँडा काँडा समेत सेताम्बे देखिएका छन । गत मंसिर महिना अन्तिम सातादेखी बर्षा नभएको जिल्लामा यो पटक हिमपात हुँदा खेतबारीमा लगाइएको गहुँ बालीलाई राहत भएको छ ।

    बिहान पौने ५ बजेबाट हिमपात सुरु भएसँगै जिल्लाका किसान खुसी भएका छन् । हुम्लीवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन । गत कार्तिक देखी पुष अन्तिमसम्म खेतबारीमा लगाइएको जेठासीवाली गहुँ, जौ, उवा, मसुरो, मटर लगायतका बालीलाई राम्रो हुने सिमकोट ५ का मदन रावतले बताउनु भएको छ ।

    उहाँले हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चलेपनि हिमपातपछि मौसमलाई ब्यालेन्स गर्ने गर्छ भन्ने जनविस्वास रहेको छ ।

    हिमपात सुरु हुनु अगाबै हुम्लाका अन्यसीहरु चिसो छल्न बेसी झुरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छना जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू उत्तरी नाम्खामै रहेका छन् ।

    हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । यसअघि हिमपात र वर्षा नहुदा खाद्यान्न संकट हुने चिन्ता समेत टरेको छ ।

    जिल्लाका सडकमा भएको धुवा धुलो समेत हट्ने भएको छ भने नगारिकले आज हिउँ खेल्न समेत पाउने भएका छ ।

  • १८ माघ २०८०, बिहीबार ०८:०७ प्रकाशित

  • Nabintech