राप्ती सोनारीमा तेस्रो गोत्यार सम्मेलन सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँकेको राप्ती सोनारी गाउँपालिकामा तेस्रो गोत्यार सम्मेलन–२०८० सम्पन्न भएको छ । राष्ट्रिय कर्या रस्तेह्वा गोत्यार समाज समितिको आयोजनामा तेस्रो गोत्यार सम्मेलन–२०८० सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुले गोट्यार थर भित्र रहेको सदियों कालदेखि चलिआएको रितिरिवाज र परम्परालाई नयाँ पुस्ताले आत्मसाथ गर्दै अनुसरण गर्नु पर्नेमा जोड दिएका छन् । वर्तमान समयमा थारु समुदायका युवामा आफ्नो धर्म सँस्कृति तथा रितिरिवाज बिर्सिदै गएकोमा अग्रजहरुले चिन्ता ब्यक्त गरेका हुन् । कर्या रस्तेह्वा थरकाहरु आर्थिक रुपले पनि कमजोर हुदैँ गएकोमा चिन्ता ब्यक्त गरिएके थियो । चाडपर्वका बेला आफ्ना कुल देवी देवताको पुजा आराधना तथा संस्कारमा एकरुपता हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । सम्मेलनबाट कर्या रस्तेह्वाको ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नयाँ समितिको अध्यक्षमा चम्फीलाल कर्या रस्टेह्वा, उपाध्यक्षमा छल्लु प्रसाद कर्या रस्टेह्वा, सचिवमा मित्र प्रसाद कर्या रस्तेह्वा, कोषाध्यक्षमा कालीराम कर्या रस्तेह्वा चयन भएका छन् । त्यसैगरी सदस्य पदमा कासीराम कर्या रस्तेह्वा, बिनय कर्या रस्तेह्वा, बिर बहादुर कर्या रस्तेह्वा, बिपना कर्या रस्तेह्वा, भिमलाल कर्या रस्तेह्वाा, लाल बहादुर कर्या रस्तेह्वा र हिकिम कर्या रस्तेह्वा चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि छिप्पल गोट्यार सन्चिरुवा कर्या रस्तेह्वारहेका थिए । चम्फीलाल कर्या रस्तेह्वाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य छल्लु प्रसाद कर्या रस्तेह्वाले राखेका थिए भने कार्यक्रमको संयोजन हिकिम कर्या रस्तेह्वाले गरेका थिए । कर्या रस्तेह्वाको गोट्यार सम्मेलनमा बिभिन्न जिल्लाका ३ सय ७३ जनाको उपस्थिति रहेको थियो ।

  • ७ फाल्गुन २०८०, सोमबार १६:४५ प्रकाशित

  • Nabintech