हिमालीमा दादुरा रुबेला खोप अभियान फागुन १३ गतेदेखि सञ्चालन गरिने

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ।

    यही फागुन महिनाको १३ गतेदेखि १५ गतेसम्म दादुरा रुवेला खोप अभियान पालिका भित्रका वडा स्वास्थ सेवा केन्द्र सञ्चालन गरिने भएको छ। विशेषगरी ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाहरु लाई खोप सेवा दिइने भएको छ। आफ्नो वडा नजिकैको स्वास्थ सेवा केन्द्रमा खोप अभियान खोप नछुटाउन समेत आग्रह हिमाली गाउँपालिकाले स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छ्न।

    खोप सञ्चालन गर्नका लागि पालिकाले स्वास्थ सेवा केन्द्रमा स्वास्थ कर्मचारी परिचालन गरिसकेको छ। गाउँपालिका १३ वटा स्वास्थ संस्थामा यहाँका स्थानीयहरुले जुन लगाउनुपर्ने खोपलाई मध्यनजर राखेर खोप लगाइदिनका जानकारी दिएको छ। दादुरा खोप बालबालिका नछुटाउ भने अभियानमा जुटेका हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख मल्लले बताए ।

  • १० फाल्गुन २०८०, बिहीबार १४:०९ प्रकाशित

  • Nabintech