दिव्य विद्या सदनको १८औँ वाषिर्कोत्सव तथा विज्ञान प्रदर्शनी सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर-१० स्थित दिव्य विद्या सदन माध्यमिक विद्यालयको १८ औँ वाषिर्कोत्सव, विज्ञान प्रदर्शनी तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    वाषिर्कोत्सव समारोहको कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी र अध्यक्ष पौडेलले संयुक्तरूपमा दियोमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

    उक्त अवसरमा बोल्दै उपप्रमुख सुवेदीले अतिरिक्त क्रियाकलाप र प्रतियोगितामा विद्यालय उत्कृष्ट रहेको बताइन् । उनका अनुसार नगरपालिकाले सामुदायिक तथा संस्थागतलाई सहयोग गरिरहेको छ । शिक्षा विना समाज शिक्षित हुन नसक्ने भन्दै संस्थागत र सामुदायिक विद्यालयबीच आपसी समन्वय हुन आवश्यक रहेकोमा उनले जोड दिइन् ।

     

    विद्यार्थीलाई राम्रो वातावरण दिनुपर्छ । सबै सरकारवालाबीच शैक्षिक क्षेत्र विकासका लगिर सहकार्य आवश्यक छ ,उनले भनिन्
    एन प्याव्सनका केन्द्रीय सदस्य श्याम कुँवर दिव्य विद्या सदन कोहलपुर क्षेत्रको नमुना भएको बताए । कोहलपुरलाई शैक्षिक हब बनाउन संस्थागत विद्यालयसँग सहकार्य अपरिहार्य रहेको केन्द्रीय सदस्य कुँवरले बताए ।

     

    विद्यालयहरूलाई निषेध गरेर हब नबन्ने उनले बताए । परम्परागत रूपमा नभई समय सुहाउँदो शिक्षा आवश्यक रहेको उनको जोड रहेको थियो ।
    कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माले शिक्षा क्षेत्रको विकास आवश्यक रहेको बताए । उनका अनुसार कोहलपुरमा गुणस्तरीय शिक्षा र सक्षम विद्यार्थी उत्पादन गर्नका लागि परीक्षा प्रणाली सुधार गरिनेछ ।

    विद्यालयका प्रिन्सिपल नारायण पंगेनीले समय सुहाउँदो शिक्षा प्रदान गरिएको बताए । उनका अनुसार शैक्षिक सत्रदेखि स्मार्ट बोर्ड जडान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त अवसरमा वेष्ट टिचर अवार्डबाट शिक्षक गणेश रेग्मी पुनम बोहोरालाई सम्मान गरिएको थियो । यस्तै स्टुडेन्ट अफ इअर अवार्डबाट सन्देश चन्द पुरस्कृत भए ।

     

    विद्यालयका प्रिन्सिपल नारायण पंगेनीका अनुसार अभिभमवक दिवसको अवसरमा विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भ्यु टावर,स्वयम्भू बन्दुकका साथै अन्य विभिन्न सामग्री र दुना टपरी प्रदर्शनी गरिएको थियो ।

  • १७ फाल्गुन २०८०, बिहीबार २०:४५ प्रकाशित

  • Nabintech