बाँकेको कोहलपुरमा प्रदेशस्तरीय मिडिया सम्मेलन हुने

  • नमस्ते कर्णाली

  • कोहलपुर । बाँकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने भएको छ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा फागुन २४ र २५ गते बाँकेको कोहलपुरमा मिडिया सम्मेलन हुन लागेको हो । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विकका अनुसार सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका पत्रकार सहभागी हुने छन ।

    पहिलो पटक आयोजना हुन लागेको सम्मेलनमा संगठन सुदृढीकरण, आर्थिक संकटले मिडियामा परेको असर, संविधान निर्माणपछि प्रेसमैत्री कानुन निर्माणका प्रक्रिया र भइरहेका ढिलाइबारे छलफल गरिने विकले बताए । साथै स्थानीय तहले बनाएका सञ्चारसम्बन्धि कानुनका विषयमा समेत बृहत् बहस र छलफल गरिने उनले बताए ।

    सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाबाट प्रेस सेन्टरमा आवद्ध २५० जना सहभागीहरू उपस्थित रहने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेले जानकारी दिए। संगठन सुदृढीकरण, पत्रकारहरूको पेशागत हकहित र कानुन निर्माणका सवालमा प्रदेश सम्मेलनले ठोस निर्णय गर्ने उनले बताए ।

    सम्मेलनलाई भब्य बनाउन आवश्यक तयारी सुरु गरीएको वाग्लेले जानकारी दिए । सम्मेलनको तीव्र तयारी भइरहेको प्रदेश अध्यक्ष मानसिंह विश्वकर्माले बताएका छन् । उनका अनुसार कोहलपुरमा हुन लागेको सम्मेलनमा वर्तमान मिडियाको अवस्थाका बारेमा बृहत छलफल र बहस हुनेछ ।

  • १७ फाल्गुन २०८०, बिहीबार २०:५४ प्रकाशित

  • Nabintech