सिडिएस-पार्क मुगुको आयोजनामा युवा समुहद्धारा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु – मुगु जिल्लाको जिल्ला समन्वयको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको साथ युवा समुहद्धारा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएका छ।

    CISU CIVILSAMFUND I UDIVIKLING ,SKOLELIV NEPAL, PASS को सहयोगमा र सिडिएस-पार्क मुगुको आयोजनामा सिडिएस-पार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीको अध्यक्षतामाभएको कार्यक्रममा प्रमुख अतिथी छायानाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भाम, विशिष्टअतिथीमा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी. अतिथीमा बिभिन्न कार्यालयका कार्यालय प्रमुख एवम प्रतिनीधिको बाख्लो उपस्थिती रहेको थियो।

    कार्यक्रम दुई दिन संचालन भयको थियो कार्यक्रमको पहिलो दिन मुगु जिल्ला समन्वय समिती प्रमुख मन्जन कार्किको प्रमुख आतिथ्यमा युवायुवती हरुसंग अन्तरक्रीया कार्यक्रम संचालन भयको थियो

    सहभागी युवाहरुले कार्यालयको काम कर्तब्य,पुर्बाधार, स्वास्थ्य, शिक्षा लगायात युवाको भुमिका बिषयमाकेन्द्रीत रहेर नगर प्रमुख,प्रमुख जिल्ला अधिकारी र सम्बन्धित कार्यलयका प्रमुख एवम प्रतिनीधी अतिथीबर्गहरु संग अन्तरक्रिया तथा छलफल गरेका थिए। युवाले उठाएका प्रस्नको जवाफ प्रमूख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुले सम्बोधन गरेका थिए

    PASS परियोजना का कार्यक्रम संयोजक मोहन शाहिको नेतृत्वमा नगरपालिकाका बिभिन्न वडाहरुमा PASS समुह गठन गरि PASS समुहका प्रतीनिधि युवाहरुले कार्यक्रममा सहभागी युवा हरुले समग्र जिल्लाको बिकास को बारेमा युवाहरुको भुमिकाका बारेमा विविध विषयहरुमा छलफल गरेका थिए।

    PASS परियोजनाले नगरपालिकाका बिभिन्न वडा बस्तिहरुमा युवायुवती हरुको समुह गठन गरि बाल विवाह,यौन शिक्षा र बिभिन्न सामाजिक कार्यहरु गर्दै आयका ले यो कार्यक्रमले युवायुवती हरुमा आत्मबल बडाउने आसा  लियको (सिडिएस पार्क) मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताय।

    कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख बिष्णु कुमार भामले यो कार्यक्रमले युवायुवती माझ आफुहरुका काम कर्तब्य र नगर पालिकाको गतिविधि का बारेमा जानकारि गराउने मौका जुरायको मा (सिडिएस पार्क) मुगु र PASS समुहका प्रतीनिधि युवायुवती हरुलाई बिशेष धन्यबाद दिनुभयो।

    कार्यक्रम संचालक हरिलाल नेपालीले गरेका थिय भने। कार्यक्रममा PASS समुहका प्रतीनिधि युवायुवती, पत्रकार लगायत बिभिन्न सरोकार वाला निकायको बाख्लो उपस्थितिमा करिब १२५ जना सहभागी रहेको थियो

  • १ चैत्र २०८०, बिहीबार ०७:४५ प्रकाशित

  • Nabintech