मुगुमा जिप दुर्घटना २ जनाको मृत्यु ४ घाइते

  • सनत हमाल

  • मुगु चैत १४ गते,

    जिल्ला सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोट तर्फ जादै गरेको बोलेरो जिप कच्यागाउँनजिकै दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । भने  ४ जना घाइते भएका छ्न ।

    बुधबार अन्दाजी ४ बजे तिर कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका–६कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालक सहित दुई जनाकोघटना द्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका हुन ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्युहुनेमा चालक कबिराज नेपाली र नाम पहिचान नभैसकेकी एजजना महिला रहेकी छ्न । भने  घाइते हुनेमामन्जन नेपाली, सर्जन नेपाली,हिरादिङ्ग नेपाली र प्रेम नेपाली रहेका छ्न ।

    घाइते मध्री मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ ।

    घाइते चार मध्य सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागी प्रहरीले उद्दारगरि मुगु जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर बढी  तल खसेको थियो ।

  • १४ चैत्र २०८०, बुधबार १९:०० प्रकाशित

  • Nabintech