समाजसेवी अनिल बानियाँ ‘आइकन अफ कर्णाली’बाट सम्मानित

  • नमस्ते कर्णाली

  • विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएबापत मुगुका अनिल बानियाँलाई कर्णाली प्रदेश सरकार र नेपाल युवा परिषद्ले सम्मान गरेको छ । विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएको विधामा ‘आइकन अफ कर्णाली’बाट सम्मानित गरिएको हो । प्रदेश युवा सम्मेलन २०२४ को अवसरमा कर्णाली प्रदेश सरकारले बानियाँको कामको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो । नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानियाँले अनिल युवाको प्रेरणा र कर्णालीको बलियो खम्बाको रूपमा रहेको भन्दै प्रशंसा गरे । हामी नेपालमा आबध भएका अनिल विगत ८ वर्षदेखि समाज सेवामा सक्रिय छन् । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव चूडामणि पौडेल, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेल, उप–सचिव जुवारीलाल हमाललगायतको उपस्थिति थियो । यस्तै कार्यक्रममा टिकाराम चपाइ, नन्दा बस्याल, उपेन्द्र प्रसाद न्यौपाने, शर्मिला बिसी, राजेन्द्र अधिकारी र राजेन्द्र विष्ट सम्मानित भएका थिए ।

  • २७ चैत्र २०८०, मंगलवार ०९:१२ प्रकाशित

  • Nabintech