सरस्वती सामुदायिक वन उपभोक्ता समुहको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक (फोटो फिचर)

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्ता समुहले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक गरेको छ ।
    कोहलपुर नगरपालिका नगर उपप्रमुख संगिता सुबेदीको प्रमुख आतिथ्य तथा सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुबेदीले यस सरस्वती सामुदायीक वनले कोहलपुरमा संकलन भएको फोहोर व्यबस्थापन गर्नको लागी ल्यान्डफिड उपलब्ध गराएकोमा खुसी ब्यक्ति गर्नु भयो ।

    समुहका अध्यक्ष नर बहादुर मल्लले आफुहरु वनको संंरक्षमा निरन्तर लागि परेको बताउनु भयो साथै वनले सबै कुराहरु दिएको बताउदै सामुदायिक बनको संरक्षण र प्रबधनमा लाग्नु पर्ने बताउनु भयो । कर्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश महासचिब जयश्वर पौडेल, सव डिभिजन वन कार्यालय कोहलपुरका निमित प्रमुख दिप बहादुर शाही,समुहका सल्लाकार, पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

  • ३० चैत्र २०८०, शुक्रबार १८:४४ प्रकाशित

  • Nabintech