वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

  • उमेश रोकाया

  • बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ।

    हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै पिस्नका लागि जतारामा प्रयोग गर्ने गरिन्थ्यो। जतारा पिसेर रोटी खाना धेरै समस्या आउने गर्थे। गाउँमा कुनै घट्ट नहुदा ठुलो समस्या अलमल परेका थियौं। घट्ट गएर गेडा पिसन रुगिनको खोलामा गएर दुई घण्टा पैदल गरेर जानुपर्ने बाध्यता रहेको थियोे। लामो बाटो हिडेर आवतजावत गर्न पनि जटिल समस्या भएको हो। घण्टौ हिडेर पिठ्युँमा गेडा बोकेर घट्ट पिस्ने काम गरिन्थ्यो स्थानीय मदन भण्डारीले बताउनुभयो।

    आजभोलि हिमाली गाउँपालिका सहयोगमा गाउँमा नयाँ चक्की घट्ट सुरु गरिएको छ। बोर्ता सबै बासिन्दा खुशी भएका छन। गाउँमा करिब १ सय १५ घरधुरी परिवार बसोबास गर्दै आइरहेको छौँ। विगतका दुख पिडाहरु लाई अहिले समाधान गरिएको छ। यो हाम्रो अहिले गाउँपालिका आर्थिक सहयोग बनेको चक्की घट्ट हो। गाउँमा चक्की घट्ट सुरुवात गरेको दुई हप्ता भएको छ। यसले गर्दा गेडा पिसनका लागि सबै स्थानीयलाई सहज भएको छ। गाउँमा बिजुली जडान गरिए संगै विशेषगरी बत्ती बाट चलिरहेको छ। त्यसमा सबै स्थानीय खुशी व्यक्त गरेका छन। गाउँ बाट घट्ट पिस्नका लागि टाढा जानुपर्ने बाध्यता हिमाली गाउँपालिकाले हटाइएको छ।

    पहिलो टाढा २ दिन लगाएर गहुँ र कोदो पिस्नका घट्ट धाउनुपर्ने अवस्था थियोे। अहिले चक्की घट्ट घरको दैलोमा रहेकोे छ। लामो समयदेखि पिठ्युँमा भारी बोकेर हिडेर आवतजावत गर्ने अवस्था दूर भएको छ। हामी अहिले घरबाट १ मिनेटको बाटो नजिकै रहेकोे छ। चक्की घट्ट सञ्चालन संगै एक जना गाउँमा रोजगार पनि पाएका छ। गाउँमा चक्की घट्ट चालु भएपछि छिटोछरितो तरिकाले गेडा पिस्ने गरेका छन। गाउँपालिकाले पुरानो दुख हटाइएको हुँदा धन्यवाद समेत दिएका भण्डारी बताए।

    अहिले गाउँमा चक्की घट्ट निर्माण भइ सुरु भएको हुँदा त्यसमा खुशी छौँ। हाम्रो गाउँपालिकालाई स्थानीय बासिन्दाले धन्यवाद दिएका छन। पहिले भनेपछि घट्ट पिसनका लागि दुख पिडा पाइन्थ्यो। १ देखि २ दिन सम्म लाग्ने गरेका थियौं। घट्ट पिसनका लागि अर्को गाउँमा गएर राती बास बसेर पनि पिसेर ल्याउने गरिने अवस्था थियोे। अहिले गाउँमा चक्की घट्ट सञ्चालन आएपछि रिगा, ह्याङ्लु, रुगिन र फैती गाउँका खोलामा जानुपर्ने रहेकोे थियो। अहिले हाम्रो गाउँमा सुबिधा भैरहेको छ। पुरुष भन्दा महिलालाई घट्ट पिसन जादा जुन खालको पिडा छ त्यसलाई महसुस गर्दै अहिले विशेषगरी गाउँपालिकालाई सहयोगका धन्यवाद दिएको स्थानीय धनलाल लुवारले बताएका छन।

    प्रायः गाउँमा जतारोमा गेडा पिसेर रोटी खाने गरेको हुन्थ्यो। घट्ट पिसनका लागि धेरै टाढा धाउनुपर्ने बाध्यता रहेकोे थियो। पहिला धान कम फल्ने धेरै जसो अन्नबाली हुने ठाउँका मान्छेहरू रोटी खाएर पेट पाल्ने गर्थे। गाउँमा भन्दा घट्ट टाढा हुँदा निकै कष्टकर गर्नुपर्ने अवस्था थियोे। पुर्खा धेरै लामो समयपछि गाउँमा घट्ट पिसन पाएका छन। गाउँमा सेवा सुबिधा हुँदा स्थानीयहरु सहयोग मदत भएको छ। चक्की घर आगनमा सञ्चालनमा आउँदा सारै खुशी छौँ। गरिब जनतालाई दुख देखेर घट्ट पिसन दुनियाँ ठाउँमा धाउनुपर्ने समस्यालाई गाउँपालिका सहयोग गर्दा समाधान भएको छ। अहिले चक्की घट्ट बनेपछि गाउँ भन्दा टाढा धाउनुपर्ने बाध्यता हटेको छ। गाउँमै सुरु गरिएको चक्की घट्टको पिठो रोटी खान पाउदा हामी सबै गाउले खुशी भएको स्थानीय भण्डारीले बताए।

    गाउँमा घट्ट नहुदा बोर्ता गाउँ स्थानीयहरु लाई घर भन्दा एक दुई दिन लगाएर अर्को गाउँमा घट्ट पिसेर ल्याएने गरेका थिए। त्यो समस्यालाई समाधान गर्न गाउँपालिका बाट कुटानी पिसानी भनेर ४ लाख रूपमा बजेट हालेको हो। अहिले गाउँमा घट्ट भनिसकेपछि गाउँ अधिकास मान्छेलाई सहज भएको छ। घण्टौ हिडेर अर्को गाउँमा गएर धाउनुपर्ने बाध्यता अहिले हटेको हुँदा स्थानीय बासी खुशी भएको हिमाली गाउँपालिका ४ वडा अध्यक्ष भिमानन्द पाण्डेले जनाएका छन।

  • २ जेष्ठ २०८१, बुधबार १५:५० प्रकाशित

  • Nabintech