बाँकेको कोहलपुरमा एस.बि मल्टिपल एकेडेमीको आयोजना तथा काड एजुकेसन रिसर्च सेन्टर प्रा.लि काठमाडौको समन्वयमा एक दिने सेमिनार सम्पन्न भएको छ । काड एजुकेसन रिसर्च सेन्टर प्रा.लि काठमाडौका प्रबन्धक निर्देशक कमल पन्थिको प्रमुख आतिथ्यता तथा एस.बि मल्टिपल एकेडेमी कोहलपुरका प्रबन्धक निर्देशक भिम बहादुर शाहीको अध्यक्षतामा सो सेमिनार सम्पन्न भएको हो ।
काड एजुकेसन रिसर्च सेन्टर प्रा.लिका प्रबन्धक निर्देशक कमल पन्थिले सेमिनारमा जापान तथा क्यानडा अध्ययन गर्न जानको लागी चाहिने कागजपत्र तथा प्रक्रियाको बारेमा सहभागी बिद्याथीहरुलाई प्रस्ट पारेका थिए । साथै बिश्वका जुनसुकै देशमा जान इच्छुक व्यक्तिको सपना आफुहरुले पुरा गर्ने बताए । सबै भन्दा पहिले भाषाको आबश्यकता पर्ने भएको हुनाले भाषाको तयारी गर्नु पर्ने बताउदै भाषाका कक्षाहरु पनि आफुहरुले दिने बताए ।
यस्तै एस.बि मल्टिपल एकेडेमीका प्रबन्धक निर्देशक भिम बहादुर शाहीले लोकसेवा तयारी तथा यस्को आईडीया कक्षाको बारे सहभागी बिद्यार्थीहरुलाई प्रस्ट पारेका थिए । आफुहरु कोहलपुरमा बिगत १४ बर्ष देखि लोकसेवा तयारी कक्षा संचालन गदै आएको बताउदै अब आउदा दिनहरुको प्रबिधिको उच्चतम प्रयोग गरी दक्ष प्रशिक्षकबाट कक्षा संचालन गर्ने बताए ।
पल्छिल्लो समयमा आफुहरुले बिभिन्न भाषाका कक्षाहरु पनि संचालन गर्ने बताए । बैदेशिक रोजगारीको नाममा पछिल्लो समयमा सदुपयोग भन्दा दुरुपयोग बढी भएको बताउदै बताए । एस.बि मल्टिपल एकेडेमीले खरिदार सुब्बा देखि शाखा अधिकृत सम्मका तयारी कक्षा संचालन गर्दै आइरहेको बिताउदै सरकारी सेवामा प्रबेश गर्न चाहनु हुनेका लागी एस.बि मल्टिपल एकेडेमी सधै गुणस्तरी शिक्षा दिनको लागी लागीपरेको बताए ।