१९, भदौ २०८२
जुम्ला ।जुम्ली स्याउ जिल्ला बाहिर निर्यात गर्न स्थानीय तहले सिफारिस दिन सुरु गरेका छन् । जुम्लाका ८ वटै स्थानीय तह अन्तर्गतका कृषि शाखाले भदौ २ गतेदेखि नै स्याउ निर्यातको सिफारिस गर्न थालेका हुन् ।
यसअघि भदौ १५ सम्म स्याउ निर्यात गर्न नपाउने सूचना जारी गरिएकाे थियो । तर, जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकिसकेकाले ढिला नगरी निर्यात सुरु गर्नुपर्ने निष्कर्षमा पुगेपछि सिफारिस दिन थालिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले भदौ १५ सम्म कुर्दा स्याउ बिग्रन सक्ने र तीज (भदौ १०) अघिसम्म बजारमा पुर्याउनुपर्ने भएकाले निर्यात अघि बढाउने निर्णय गरेको हो ।
कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा ४ हजार ४ सय हेक्टरमा स्याउखेती भइरहेको छ । यस वर्ष २ हजार हेक्टरमा मात्रै उत्पादन हुने देखिएको छ । गत वर्ष १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भए पनि यसपटक खडेरी र असिनाले उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ ।
गत वर्ष जुम्ली स्याउ ६१ करोड ४१ लाख रुपैयाँ बराबरमा बिक्री भएको तथ्यांक छ । यस वर्ष पनि सुर्खेत, नेपालगन्ज, चितवन, बुटवल, भैरहवा र