बारबर्दिया नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • नमस्ते कर्णाली

  • २१, भदौ २०८२
    बर्दिया । बर्दियाको बारबर्दिया नगर अस्पतालको आयोजनामा शुक्रवार निःशुल्क बाँझोपन तथा बालबालिकाहरूको चेकजाँच शिविर सम्पन्न भएको छ ।

    शिविरमा महिला प्रसुती तथा निःसन्तान रोग विशेषज्ञ डा. मञ्जु बिसी शाह र बालरोग विशेषज्ञ डा. अनुष्का त्रिपाठीले बिरामीहरूको चेकजाँच गर्नुका साथै परामर्श दिएका थिए । शिविरमा २०३ जना बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

    शिविरमा विशेषगरी महिलाहरूले बाँझोपनसम्बन्धी समस्या र बालबालिकाले विभिन्न स्वास्थ्य परीक्षणका लागि परामर्श पाएका थिए। । अस्पतालका अनुसार यस्ता शिविरले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको छ ।

  • २१ भाद्र २०८२, शनिबार ०७:५५ प्रकाशित

  • Nabintech