कोहलपुरमा यातायात व्यवस्थाको शाखा कार्यालय उद्घाटनसँगै सेवा प्रारम्भ

हाल ब्लुबुक, लाइसेन्स नवीकरण र पटके सेवा प्रदान गरिने


  • नमस्ते कर्णाली

  • कोहलपुरमा बुधबार लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले यातायात व्यवस्था शाखा कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन पश्चात तत्कालै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्किले आफ्नो सवारी साधनको लाइसेन्स नविकरण र कोहलपुर बृहत शहरी खानेपानी संस्थाका सचिव गोविन्द वाग्लेले आफ्नो सवारी साधनको ब्लुबुक नविरकण गरेर सेवा प्रारम्भ गरेका थिए । कोहलपुर नगरपालिका वडा नं ११मा पुरानो बसपार्कको भवनलाई रंगरोगन तथा आवश्यकत व्यवस्थापन गरेर शाखा कार्यालयको स्थापना गरिएको छ । कार्यालयका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधारहरू तयार गरी कार्यालय बुधबार कार्यालयको उद्घाटनसँगै सेवा शुरु गरिएको हो । शाखा कार्यालयको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका माननीय उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले संघीयताको मर्म अनुसार नै नागरिकहरुलाई प्रदान गरिने सेवालाई उनीहरुको पहुँच तथा प्रभावकारीतालाई ध्यान दिएर नेपालगञ्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कार्यालयको रुपमा कोहलपुरबाट सेवा शुरु गरिएकोमा कोहलपुरवासीहरुलाई बधाई पनि व्यक्त गरे । मन्त्री न्यौपानेले भने, ‘ यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कार्यालय प्रमुखले धेरै तदारुकता देखाएर नै यो शाखा आजको दिनबाट सेवा शुरु गर्न सक्ने अवस्थामा आइपुगेकोमा कार्यालय प्रमुखलाई म धन्यवाद समेत दिन्छु । यस क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै माननीय साथीहरु, कोहलपुर नगरपालिकाका नगर प्रमुख, यहाँका यातायात व्यवसायी साथीहरु तथा यहाँका राजनीतिक दलका साथीहरु सबैको समन्वय र मेरो पहल र लुम्बिनी सरकारका मुख्यमन्त्रीको चासोका कारण नै यातायात कार्यालयको शाखा कोहलपुरमा स्थापना गर्न सफल भएका हौं ।’ मन्त्री न्यौपानेले जोड दिदै भने,‘यातायात कार्यालया सेवा प्रवाह गर्दा धेरै विकृतीहरु हुने गरेको मैले पनि सुनेको छु । कार्यालयमा हुने त्यसता बिकृतीहरुलाई हामी निर्मम भएर हटाउने छौं ।’ चालु आर्थिक वर्षमा यातायतको यस शाखा सञ्चालनका लागि प्रदेश सरकारले कुने बजेट समेत नछुट्याएको रहेछ भन्दै मन्त्री न्यौपानेले आगामी आर्थिक वर्षको बजेटमा सबै व्यवस्था गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

    कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले लामो समय देखिको दवाब, समन्वय तथा प्रदेश सरकार समेत यहाँका राजनीतिक दल, जनप्रतिनिधि र यातायात व्यवसायीहरुको आवश्यकताको भनाई प्रति कन्भिन्स भएर नै हाल यातायातको शाखा कोहलपुरमा स्थापना गर्न सफल भएको बताए । नगर प्रमुख आचार्यले भने,‘अब यहाँबाट जनतालाई प्रदान गर्ने सेवामा कुनै कमी र झन्झटिलो नगरी सेवा प्रदान गर्न हाम्रो आग्रह छ । स्थानीय सरकारको तर्फबाट त्यसका लागि के गर्नु पर्ने हो भन्नु होला । स्थानीय सरकार जनतालाई दिने सेवा प्रवाहलाई सहज बनाउने विषयमा सधै सहयोग गर्न तयार छ ।’ कार्यक्रममा आफ्नो धारणा राख्दै प्रदेश सांसद दुर्गा थारुले भने,
    ‘संघीय केही व्यक्तिहरुलाई आफ्नो स्वार्थको ब्यापार गर्न होइन, समय अनुसार जनताको आवश्यताहरुलाई समानुपातिक रुपमा नै सेवाको पहुँच जनताको नजिक सम्म पुगेर दिनु
    हो । यसकै अर्थमा बुझ्नु पर्दछ । कसैले विरोध गर्नै पर्ने र कोही धेरै उत्साहित भैहाल्नु पर्दैन । यहाँबाट जनतालाई सेवा प्रदान गर्ने कामले निरन्तरता पाउनु र अझ थप सेवा समेत प्राप्त गर्नु नै सफलता हो ।’ कार्याक्रममा प्रदेश सांसद कृष्ण केसी नमूना, सन्जु चौधरी र वसन्ती अधिकारी समेत आफ्ना धारणा राखेका थिए ।

    यो शाखा कार्यालयका लागि दरबन्दी तोकिएको छैन

    काशीनाथ अधिकारी
    कार्यालय प्रमुख
    यातायात व्यवस्थाको शाखा कार्यालय कोहलपुरका लागि कुनै पनि कर्मचारीको दरबन्दी सृजना नगरिएकाले हाल यहाँबाट हुने सबै कामहरु यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट नै खटिने कर्मचारीहरुबाट सेवा प्रदान गरिने छ । तत्काल ५ जना कर्मचारीहरु आवश्यक हुने छन् र त्यसको व्यवस्थापन नेपालगञ्जले गर्ने छ । कोहलपुर शाखा कार्यालयले ब्लुबुक, लाइसेन्स नवीकरण र पटके सेवा प्रदान गरिने छ । यहाँबाट हुने काम सबै डिजिटल हुन्छन् । हाल मलाई नै यहाँको प्रमुख भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । शाखा कार्यालयको दरबन्दी सृजना नभएकाले मेरो कार्यकक्षमा कार्यालय प्रमुख समेत लेख्न पाइदैन । आगामी आर्थिक वर्षबाट यहाँको लागि आवश्यक कर्मचारी दरबन्दी सृजना हुन्छ होला ।
    कोहलपुरबाट नै सबै सेवा प्रदान गर्ने व्यवस्था हुन पर्छ


    पूर्ण प्रसाद आचार्य
    नगर प्रमुख कोहलपुर नगरपालिका
    हामी सबैको प्रयासबाट यातायात कार्यालयको शाखा कोहलपुरमा स्थापना गर्न सफल भएका छौं । सबैको लामो प्रयत्न, समन्वय, दबाब, प्रभाव, लबिङ्ग जेसुकै गरेर भए पनि हालको लुम्बिनी प्रदेश सरकाले कुरा सुन्यो । यहाँका जनताको आवश्यकतालाई महसुस ग¥यो र यातायात कार्यालयको शाखा कोहलपुरमा स्थापना गर्ने निर्णय ग¥यो । यसको लागि म विशेष गरेर विभागिय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ज्यूलाई विशेष धन्यवाद दिन
    चाहन्छु । आज हामी शाखा कार्यालयको उद्घाटन तथा सेवा प्रारम्भ गर्ने चरणमा पुगेका छौं । केही सेवा मात्र भनिएको छ । म अहिले नै यहाँ स्थानीय जनताको प्रतिनिधिको हैसियतले सबैको तर्फबाट माननीय मन्त्री ज्यूलाई अनुरोध तथा आग्रह गर्दछु कि केही सेवा मात्र होइन , यातायात क्षेत्रका सबै सेवाहरु यहाँबाट प्रदान गर्ने गरी तपाइहरुले प्रदेश सरकारको तर्फबाट छिटै निर्णय गराइदिनुहोस् ।
    सबैले सत्यलाई सत्य भन्न सक्नु पर्छ


    दुर्गा बहादुर थारु
    प्रदेश सांसद , लम्बिनी प्रदेश
    हामीले समयको आवश्यकता अनुसार माग गर्न नसक्दा पनि हाम्रो सोचाइ अनुसार काम नहुने अवस्था रहन्छ । अहिले समयको माग यही थियो र सबैले प्रयत्न गर्दा आयो । पहिले पनि सबैले प्रयत्न गरेकै थिए । त्यति बेला समय आइपुगेको थिएन होला । त्यसैले भएन । हामी आफ्नो राजनीतिक दलले गरेका जस्ता सुकै नराम्रा कामहरुलाई विरोध नगरे सहेर बस्छौं । अनि गल्ती गरेको जस्तो लाग्दैन नेताहरुलाई । यसले गर्दा दल र नेता प्रति नै वितृष्ण पैदा भैरहेको छ भने काम केही हुन सकेको छैन । त्यसैले हामी सबैले आफ्नो दल होु वा नेता सत्य बोलौं र सत्यको लागि कसैको मोलाइजा नगरौं । अनि मात्र जनताको भरोसा रहन्छ र देशको विकास पनि हुन्छ ।

  • १० माघ २०८१, बिहीबार ११:०२ प्रकाशित

  • Nabintech