नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश संयोजकमा धर्म शाही तोकिएका छन्। अनेरास्ववियु केन्द्रीय कमिटीको सचिवालयको प्रशिक्षण सहितको पहिलो बैकठले शाहीलाई कर्णाली प्रदेश कमिटीको संयोजक तोकेको हो।
कालिकोटका शाही यस अघि अनेरास्ववियु कर्णाली प्रदेश कमिटी सचिव थिए। शाहीले कालिकोटको तिलागुफा नगरपालिका चिल्खायाको शिवालय माबिबाट इकाइ कमिटी अध्यक्ष हुँदै विद्यार्थी राजनीति सुरु गरेको थिए।
त्यसपछि बाँके जिल्लाको बागेश्वरी बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति गर्दै अनेरास्ववियुको कालिकोट जिल्लाकमिटी सदस्य, सचिवालय सदस्य, कार्यलय सदस्य, संयोजक हुँदै कालिकोट जिल्ला अध्यक्षको अनुभव समेत समालेका छन्।
सह–संयोजकको जिम्मा तीन जना विद्यार्थी नेतालाई तोएिको छ। जसमा रोशन शाही, प्रकाश मल्ल र जगतजंग शाहीलाई जिम्मा दिइएको छ।
साथै इन्चार्जको जिम्मेवारी पुष्पराज भामलाई दिइएको छ।
यस्तै, नेरास्ववियु केन्द्रीय कमिटीको सचिवालयको प्रशिक्षण सहितको पहिलो बैकठले सातै प्रदेशको इन्चार्ज, संयोजक, सह–सयोजक र जिल्ला इन्चार्जहरु तोकेको छ भने महत्वपूर्ण निर्णयहरु पनि गरेको महासचिव दिपक धामीले जानकारी दिए।