दुबईमा पक्राउ परेका बर्दियाका सुजित पासवानका परिवार चिन्तामा, सरकारसँग हारगुहार

  • नमस्ते कर्णाली

  • दुबईमा पक्राउ परेका बर्दियाका सुजित पासवानका परिवार चिन्तामा, सरकारसँग हारगुहार

    ७, चैत २०८२
    बाँके । दुबईमा मिसाइल खसेको भिडियो फेसबुकमा अपलोड गरेको आरोपमा पक्राउ परेका छोराको रिहाइको माग गर्दै अभिभावकले सरकारसँग हारगुहार गरेका छन् ।
    गुलरिया नगरपालिका-९ का सुजित पासवानले आफूलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गत मंगलबार घरपरिवारलाई म्यासेन्जरमार्फत गराउनुभएको थियो । उहाँ ६ महिनाअघि काठमाडौंको रोयल इन्टरनेसनल मेन पावरमार्फत दुबई स्थित एक होटलमा काम गर्न जानुभएको थियो ।
    छोरा पक्राउ परेपछि तनावमा परेको पासवान परिवारले रिहाइका लागि सरकारलाई पहल गरिदिन आग्रह गरेको छ । पासवानले आफ्नो छोराले दुबईको नियम थाहा नपाएकाले भिडियो अपलोड गरेको भन्दै निर्दोष रहेको बताउनुभयो ।

     

  • ७ चैत्र २०८२, शनिबार १४:०२ प्रकाशित

  • Nabintech