
नियमित उडान सुरु भएसँगै विशेष गरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आपतकालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था समेत दोहोरिँदै आएको थियो।
त्यसैगरी, विश्वकै प्रसिद्ध गन्तव्यका रूपमा परिचित रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो सेवा महत्वपूर्ण मानिएको छ। सहज हवाई सेवाको पहुँचले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।
दुर्गम भेगका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको अभाव, महँगो भाडा र अनिश्चित सेवाको पीडालाई मध्यनजर गर्दै यो पहल गरिएको सामाजिक अभियन्ता अनिल बानियाले जानकारी दिनुभयो ।
स्थानीय सरोकारवालाहरूले नियमितता कायम राख्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।











