भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद 

  • नमस्ते कर्णाली

  • नेपालगन्ज, १८ वैशाख । 

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा   अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला आज यहाँ बरामद गरिएका छन् ।  जिल्ला प्रहरी कार्यालयले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।

    बरामद गरिएका चल्लालाई  पशु क्वारेन्टिइन कार्यालय, नेपालगन्ज  पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेन्टिइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए ।  कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उनले सबैलाई आग्रह गरे ।

  • १८ बैशाख २०८३, शुक्रबार ०९:३१ प्रकाशित

  • Nabintech