वीरेन्द्रनगरले ल्यायो चार अर्ब ७१ करोडको बजेट

  • नमस्ते कर्णाली

  • सुर्खेत ,११ असार ।
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चार अर्बको बजेट सार्वजनिक गरेको छ । बुधबार १९औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका २०८३÷०८४ का लागि चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख ८९ हजार र पूँजिगततर्फ तीन अर्व दुई करोड ७० लाख ८२ हजार गरी कुल कुल बजेट चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । यो कुल बजेटको चालुुतर्फ ३६ र पूँजिगततर्फ ६४ प्रतिशत हो ।
    नगरपालिकाले अघि सारेको आगामी आर्थिक वर्षको बजेटमा खर्च व्यहोर्ने स्रोतका रुपमा संघीय वित्तीय सामानीकरण अनुदानवापत प्राप्त हुने २४ करोड ६० लाख, संघीय सर्शत अनुदान दुई अर्ब ६७ करोड ९६ लाख, संघीय राजश्व बाँडफाँड २१ करोड ३६ लाख ४७ हजार रुपैयाँ राखेको छ । यस्तै, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानवापत प्राप्त हुने तीन करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदान ५० करोड ५३ लाख ७२ हजार, प्रदेश राजस्व वाँडफाँड ४४ लाख ११ हजार रुपैयाँलाई आगामी वर्षको बजेटमा खर्च व्यहोर्ने स्रोतका रुपमा नगरपालिकाले राखेको छ । यस्तै, संघ तथा प्रदेश समपुरक र विशेष अनुदान चार करोड ५९ लाख, स्थानीय राजस्व वाँडफाँड १८ करोड, नगरपालिकाबाट संकलित कर तथा गैर कर (आन्तरिक आय) ३३ करोड ६ लाख ६५ हजार, बैंक मौज्दात तनि करोड ९३ लाख ५७ हजार, र सामाजिक सुरक्षा अनुदानवापत प्राप्त हुने ४३ करोडलाई खर्च धान्ने स्रोतमा राखिएको छ ।

  • ११ असार २०८३, बिहीबार ०८:३८ प्रकाशित

  • Nabintech