कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  • नमस्ते कर्णाली

  • सुर्खेत , ४ भदौ ।
    कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
    बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। गत साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो।
    ४० सदस्यीय कर्णाली प्रदेशसभामा सभामुखबाहेक ३६ जना सांसदले मतदान प्रक्रियामा भाग लिनुभएको थियो। मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो। दुई जना सांसद तटस्थ बस्नुभएको थियो भने तीन जना सांसद बैठकमा उपस्थित हुनुभएन।
    ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्ने भएकाले मुख्यमन्त्री शाहीले आवश्यक बहुमत जुटाउनुभएको हो। विश्वासको मत प्राप्त भएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकारलाई थप राजनीतिक वैधानिकता प्राप्त भएको छ।

  • ४ भाद्र २०८३, बिहीबार ०९:१२ प्रकाशित

  • Nabintech