सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

  • नमस्ते कर्णाली

  • कैलाली, ४ भदौ । 

    बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किएपछि मृत्यु भएको जानकारी दिए ।

    उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको  अनुसन्धान जारी रहेको बताए । प्रहरी निरीक्षक  विष्टले भने “बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने  एकीन हुन नसकेको छैन । ”

  • ४ भाद्र २०८३, बिहीबार ०९:१८ प्रकाशित

  • Nabintech