उत्तरगंगाबाट लागुऔषधसहित एकजना पक्राउ

  • नमस्ते कर्णाली

  • ७, भदौ २०८२
    सुर्खेत।जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो करीब ३ बजे वीरेन्द्रनगर–३ उत्तरगंगा टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा कालिकोट नरहरिनाथ गाउँपालिका–९ का २१ वर्षीय चक्र बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । शंकास्पद अवस्थामा फेला परेका शाहीको शरीर खानतलासी गर्दा २३ पुडियामा प्याक गरिएको धुलो पदार्थ बरामद गरिएको उनले बताए । उनको साथबाट १ ग्राम ४५० मिलिग्राम र शुद्ध ८०० मिलिग्राम लागुऔषध  बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ७ भाद्र २०८२, शनिबार १३:२२ प्रकाशित

  • Nabintech