काठमाडौँ ,२३ भदौ।
हिंसात्मक बनेको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
स्वास्थ्य स्रोतका अनुसार, ट्रमा सेन्टरमा ९, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।