लुम्बिनी प्रदेशमा घरेलु तथा साना उद्योगमार्फत एक वर्षमा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

  • नमस्ते कर्णाली

  • २४, भदौ २०८२
    लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत एक वर्षमा ४ करोड १० लाख ४९ हजार ३०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमार्फत सङ्कलित उक्त राजस्व गत साउनसम्मको तथ्याङ्कमा आधारित रहेको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको हो।

    मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रुपन्देही घरेलु तथा साना उद्योग कार्यालयबाट मात्र १ करोड २४ लाख ५३ हजार १०७ रुपैयाँ राजस्व संकलन भएको छ। बाँकेमा ७३ लाख ४८ हजार ७७५ रुपैयाँ, नवलपरासी पश्चिममा ३१ लाख ८२ हजार ७४५ रुपैयाँ राजस्व संकलन भएको छ।

    त्यसैगरी कपिलवस्तुमा ३६ लाख ५१ हजार ५६० रुपैयाँ, दाङमा ६६ लाख ४९ हजार ६५२ रुपैयाँ, बर्दियामा ४२ लाख ४३ हजार ३० रुपैयाँ राजस्व संकलन भएको छ। पाल्पामा १९ लाख ३८ हजार १६२ रुपैयाँ, गुल्मीमा १८ लाख ८६ हजार १७५ रुपैयाँ, अर्घाखाँचीमा ६ लाख ९३ हजार ४७७ रुपैयाँ, प्युठानमा ११ लाख ४५ हजार १४० रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख छ।

    रोल्पामा १६ लाख ५६ हजार २६५ रुपैयाँ र रुकुम पूर्वमा ३ लाख ५३ हजार ८९५ रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ।

    यसरी घरेलु तथा साना उद्योगको योगदानले प्रदेशको राजस्व वृद्धि हुँदै गएको मन्त्रालयले जनाएको छ।

     

  • २४ भाद्र २०८२, मंगलवार १५:१४ प्रकाशित

  • Nabintech