कोहलपुर टुडे अनलाइन पत्रिकाको मन्त्री अथक द्धारा उद्घाटन

  • नमस्ते कर्णाली

  • कोहलपुर टुडे अनलाइन पत्रिका सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालि द्वारा सञ्चालित अनलाइनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका हुन् ।
    देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सम्भ्य समाजको निर्माणको लागि मिडियाको आवश्यकता रहेको उनको भनाई थियो । अहिलेको युवाले नयाँ मिडिया सञ्चालन गर्नु निकै श्रहनीय काम हो उनले भने मिडिया क्षेत्रमा नै लामो काम गरी नयाँ मिडियाको स्थापना गरी दिर्घकालीन रुपमा सञ्चालन गर्नका लागि आवश्वक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
    यस्तै कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले बाँके जिल्लाका आठवटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढि प्राथामिकता दिने बताए । समाजमा रहेका भष्टाचार, आतंक, बलत्कार, घुसखोरीको न्यूनिकरणको गरी सुशासन कायम ल्याउनका लागि पूर्ण रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
    यो अनलाइन पैसामुखी नभई स्थानीय लेखकहरुलाई प्रोत्साहन सहित राष्ट्रिय लेखकहरुलाई सम्मान समेत गरिने बताए । यस अनलाइनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक विकास, लगायतका कुराहरुमा बढि प्राथामिकता दिने कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाही बताए ।

  • २२ मंसिर २०७८, बुधबार १८:१६ प्रकाशित

  • Nabintech