प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

  • नमस्ते कर्णाली

  • २३, माघ २०८२

    जुम्ला ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम तयारी भइरहेको छ । साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा ६५४ जना कर्मचारी चुनावमा परिचालन गरिने जनाएको छ ।

    सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार  जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् । जिल्लामा  ७१ हजार ७३९ जना मतदाता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

    त्यसैबीच, निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी, अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र सञ्चालन हुने भएका छन् ।

    आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावाली सङ्कलन गरिने सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताउनुभयो । हालसम्म ८९१ जना अस्थायी मतदाताको नामावाली सङ्कलन भएको छ ।

  • २४ माघ २०८२, शुक्रबार ०८:१० प्रकाशित

  • Nabintech