दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा

  • नमस्ते कर्णाली

  • ८, फाल्गुन २०८२
    दाङ । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् ।
    बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् । झण्डा जलाउँदै उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    यसैबीच, सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।
    रास्वपा कार्यकर्ता गरेको उक्त हर्कतको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहको छ । एक प्रयोगकर्ताले लेखेका छन्– सिंगो देश जलाउन नपुगेर अरुको आस्थाको झण्डा जलाउन थालेछन् ।

  • ८ फाल्गुन २०८२, शुक्रबार १३:२५ प्रकाशित

  • Nabintech