जनताको रोजाइका उम्मेदवार कमरुद्दिन:“मताधिकार प्रयोग गरी योग्य नेतृत्व रोज्न अपिल

  • नमस्ते कर्णाली

  • १८, फाल्गुन २०८२
    बाँके ।बाँके निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी नेपाल का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबै मतदाताहरूलाई आफ्नो मताधिकार अनिवार्य रूपमा प्रयोग गर्न आव्हान गर्नुभएको छ।


    मौन अवधि सुरु हुनु अगावै उहाँले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै योग्य नेतृत्व चयन गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको हो। “हाम्रो भन्दा राम्रो उम्मेदवार भए उहाँलाई जिताउनुहोस्, तर मतदानमा अवश्य सहभागी हुनुहोस्,” भन्ने सन्देशमार्फत राईले स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक संस्कारप्रति आफ्नो प्रतिबद्धता प्रकट गर्नुभएको छ।


    जनताको सेवामा दिनरात समर्पित रहँदै आएका राई पछिल्ला दिनहरूमा घामपानी, धुलो–धुवाँ नभनी चुनावी अभियानमा सक्रिय देखिनुभएको छ। घरदैलो कार्यक्रमका क्रममा उहाँले स्थानीयवासीका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्ने र त्यसको समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गर्ने शैलीले मतदाताहरूलाई प्रभावित बनाएको छ।
    राजनीतिमा प्रवेश गर्नु अघि निष्ठावान समाजसेवीको रूपमा परिचित राई अहिले समग्र बाँके जिल्लामै लोकप्रिय राजनीतिज्ञका रूपमा स्थापित हुँदै जानुभएको छ। इमानदार र सालिन व्यक्तित्वका धनी उहाँको प्रचारप्रसार शैली शान्त, संयमित र मुद्दाकेन्द्रित रहेको छ, जसका कारण मतदाताहरू सकारात्मक रूपमा प्रभावित बनेका छन्।


    उपमेयरको १५ महिने कार्यकालमा उहाँले पार्टीको एजेन्डाअनुसार मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अल्पसंख्यक समुदायहरूको अधिकार सुनिश्चित गर्दै समग्र क्षेत्रको विकासका लागि काम गर्नुभएको दाबी समर्थकहरूले गरेका छन्।
    बाँके निर्वाचन क्षेत्र नं. २ मा बलिया उम्मेदवारका रूपमा हेरिएका कमरुद्दिन राईले समावेशी विकास, सामाजिक न्याय र पारदर्शी शासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउँदै मतदातासमक्ष स्पष्ट योजना प्रस्तुत गरिरहनुभएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँको घरदैलो र जनसम्पर्क अभियान अझ सशक्त बन्दै गएको छ।

  • १८ फाल्गुन २०८२, सोमबार २२:३२ प्रकाशित

  • Nabintech