नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

  • नमस्ते कर्णाली

  • रुकुमपूर्व,२२फल्गुण ।

    एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले निर्वाचित हुनुभएको छ । प्रत्यक्ष तर्फको आज शुक्रबार बिहानदेखि मतगणना गरिएको थियो ।

    ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा प्रचण्डले १० हजार २ सय ४० मत लिएर विजय हुनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत लिनुभएको छ । प्रचण्डले ६ हजार ७ सय ७८ मतान्तरले विजय हुनुभएको हो ।

    यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले ३ हजार ८१ मत, रास्वपाका लखन थापाले ८ सय १९ मत प्राप्त गर्नुभएको छ ।

    यसैगरी राप्रपाका रोशन शाहले ८२ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ३२ मत, प्रलोपाका सन्दिप पुनले २ सय ३ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ५५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ५१ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले १ सय ९१ मत र जसपाका सिरबहादुर बुढाले ३० मत लिनुभएको छ ।

    अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार २०:०२ प्रकाशित

  • Nabintech