दैलेखमा १३ जना उम्मेदवारको जमानत जफत

  • नमस्ते कर्णाली

  • २७, फाल्गुन २०८२

    दैलेख। दैलेखमा १३ जनाको जमानत जफत भएको छ ।
    यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार वनेका १३ जनाको जमानत जफत भएको हो । दैलेख निर्वाचन क्षेत्र न-१ मा १० जना उम्मेदवार मध्ये ६ जनाको र दैलेख निर्वाचन क्षेत्र न-२ मा ११ जना मध्ये ७ जनाको जमान जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जानकारी दिएको छ ।
    दैलेख १ मा राप्रपाका रणवहादुर सिंह, नेमकिपाका जगतवहादुर वली, नेकपा माओवादीका रामलाल विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका नरवहादुर सिंह, स्वतन्त्र उम्मेदवार लोकबहादुर बोगटी र आम जनता पार्टीका मेनका श्रेष्ठको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत दैलेख जिल्ला न्याधिस कुल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
    यस्तै दैलेखमा २ मा नेमकिपाका बखत थापा, राप्रपाका बबिता शाही, नेकपा माओवादीका कलम सिंह, राष्ट्रिय जनमोर्चाका कमल बरैमगर, स्वतन्त्र उम्मेदवार हिम बहादुर शाही, आम जनता पार्टीका तिर्था बंसिमगर र स्वतन्त्र उम्मेदवार लाल बहादुर कठायतको जमानत जफत भएको दैलेख निर्वाचन क्षेत्र न-२ का निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिनुभयो ।
    दैलेख निर्वाचन क्षेत्र न-१ मा ३७ हजार ५ सय ७५ र क्षेत्र न-२ मा ३६ हजार ५ सय १३ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने दैलेखका १३ जनाको जमानत जफत भएको हो ।

  • २७ फाल्गुन २०८२, बुधबार १३:४८ प्रकाशित

  • Nabintech