१४, चैत २०८२
बाँके ।बाँके जिल्लामा नेकपा एमालेका कार्यकर्ताले गृहमन्त्री सुधन गुरुङको पुत्ला दहन गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेपालगन्जमा जनवर्गीय संगठनहरूले आयोजना गरेको प्रदर्शनका क्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो।
पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली वीपीचोक पुगेर पुत्ला दहनमा परिणत भएको थियो। कार्यक्रममा सहभागी एमालेका नेता तथा कार्यकर्ता, साथै युवा र विद्यार्थी संगठनका सदस्यहरूले सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा प्रदर्शनकारीहरूले टायरसमेत जलाएका थिए।
पुत्ला दहन र टायरको आगो निभाउन पुगेका प्रहरीसँग केही समय धकेलाधकेलसमेत भएको थियो।
एमाले नेता कृष्णप्रसाद श्रेष्ठले चैत १९ गतेसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने जानकारी दिएका छन्।











