जुम्लामा सार्वजनिकस्थलमै जातीय विभेद : कानुनलाई ठाडो चुनौती

  • नमस्ते कर्णाली

  • १६, चैत २०८२

    जुम्ला । जुम्ला बजारको कालेखोली स्थित एक होटेलमा खुलेआम जातीय विभेदको घटना सार्वजनिक भए पछि जिल्लामा तीव्र आक्रोश फैलिएको छ ।

    गुठिचौर गाउँपालिका–३ की कविता बुढाले तातोपानी खान गएका गुठिचाैर ३ कै राजबहादुर सुनार माथि अत्यन्त अपमानजनक र विभेदकारी शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भिडियो बाहिरिए पछि सामाजिक सञ्जाल भरिएको छ ।

    सार्वजनिक भिडियोमा बुढाले केवल “डुम” भनेर होच्याउने शब्द प्रयोग गरेकी छन्, अझ त्यसलाई गर्वका साथ दोहोर्याउँदै मानवताको समेत धज्जी उडाएकी छन् ।

    उनले डुम भनेका डुम नै हुन्, म डुम नै भन्छु भन्दै जातीय घृणा फैलाउने अभिव्यक्ति दिएकी छन् । यतिमात्र होइन, उनले मलाई जेल हालेर के हुन्छ, मेरा मान्छेले निकालिहाल्छन् भन्ने अभिव्यक्ति दिएर राज्यको कानुन र न्याय प्रणालीलाई समेत ठाडो चुनौती दिएकी छन् ।

    यो घटना केवल एक व्यक्ति माथिको दुर्व्यवहार मात्र नभई समग्र दलित समुदाय माथिको गम्भीर अपमान र संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथिको प्रहार हो ।

    नेपालको संविधानले जातीय विभेदलाई स्पष्ट रूपमा निषेध गरेको छ भने यस्ता कार्य कानुनी रूपमा दण्डनीय अपराध हुन् ।

    तर, सार्वजनिक स्थलमै यति निर्लज्ज रूपमा विभेद गरिनु र त्यसलाई सामान्यजस्तो व्यवहार गर्नुले समाज अझै पनि कति पछाडि छ भन्ने प्रष्ट देखाएको छ । दलित समुदायका अगुवाहरूले यो घटनालाई उदाहरणीय रूपमा लिएर कडा सजाय दिन्छन या के गर्छन् ।

  • १६ चैत्र २०८२, सोमबार १७:३१ प्रकाशित

  • Nabintech