सर्वदलीय प्रदेश सरकार  गठनमा मात्रै समर्थन गर्छौं : प्रचण्ड

  • नमस्ते कर्णाली

  • सुर्खेत, ४ जेठ । 

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल (प्रचण्ड) ले अहिले कांग्रेस वा एमालेसँग मात्रै मिलेर प्रदेश सरकार बनाउने खेलमा आफ्नो पार्टी नरहेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा संयोजक दाहालले नेपाली कांग्रेस र नेकपा एमालेबाट विभिन्न समयमा प्रदेश सरकार गठनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले अस्वीकार गरेको दवी गरे । 

    उनले हिजो मात्रै कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग छोटो भेटवार्ता भएको उल्लेख गर्दै प्रमुख दलहरूले मिलेर सरकार बनाउने विषयमा कुराकानी हुँदै आएको बताए । दाहालले अहिले कांग्रेसलाई बाहिर राखेर एमालेसँग वा एमालेलाई बाहिर राखेर कांग्रेससँग मिलेर सरकार बनाउने नीति वर्तमान परिस्थितिमा गलत हुने धारणा राखे । 

    ॅअहिले यो वा त्यो दलसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौं । यसले जनतामा भ्रम मात्रै सिर्जना गर्छ,’ उनले भने । उनले प्रदेश सरकारमा नयाँपन ल्याउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा मधेश केन्द्रित दलहरू समेत सहभागी हुने साझा वा सर्वदलीय सरकार गठन गर्नुपर्ने आवश्यकता ओैल्याए । 

    दाहालले शान्ति सम्झौता, संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू एक ठाउँमा उभिए जनतामा सकारात्मक सन्देश जाने र सरकार पनि तुलनात्मक रूपमा प्रभावकारी बन्न सक्ने बताए ।

    ’प्रदेश सभामा प्रतिनिधित्व भएका सबै दलहरूको सहभागितामा सरकार बनाउने हो भने हाम्रो समर्थन हुन्छ,’ उनले भने, ‘तर कांग्रेस र एमालेको पालैपालो सरकार चलाउने खेलमा हामी सहभागी हुँदैनौं ।’

  • ४ जेष्ठ २०८३, सोमबार ०७:४३ प्रकाशित

  • Nabintech