चट्याङ लागेर मुगुमा पशुचौपायाको मृत्यु

  • सनत हमाल

  • मुगु- मुगुको खत्याड गाउँपालिका- ५ थानेस्थित बाझों खेतमा चरीरहेका पशुचौपाया चट्याङ लागेर मरेका छन्।

    आइतबार दिउँसो करिब ३ बजेतिर वर्षासँगै परेको चट्याङले स्थानीय कांसि बुढाको एउटा ब्याउने भैँसी र दुई वटा गोरु तथा सोही ठाउँ धनबहादुर बुढाको एक भैँसी मरेको प्रहरीले जनाएको छ।

    वडा अध्यक्ष चित्र बुढाले घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिय। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टाको पैदल दूरीमा दक्षिणतर्फ पर्ने जनाइएको छ।

    घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। चट्याङका कारण पशुधनमा क्षति पुगेपछि स्थानीय किसानहरू प्रभावित बनेका छन्। प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ।

  • १७ जेष्ठ २०८३, आईतवार १६:५४ प्रकाशित

  • Nabintech