छायाँनाथ रारा नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

  • सनत हमाल

  • मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै आगामी दिनमा पनि प्रत्येक बालबालिका लाई राष्ट्रिय खोप तालिकाअनुसार नियमित रूपमा खोप उपलब्ध गराउने सामूहिक प्रतिबद्धता जनाएको छ।

    “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको राष्ट्रिय निर्देशिका अनुरूप नगरका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकामा समावेश सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको जानकारी दिएको छ।

    कार्यक्रममा नगरपालिकाले बिभिन्न तहका स्वास्थ्ये कर्मी,स्वास्थ्ये संस्था र स्वयंमसेविका हरुलाई नगद सहित प्रसंसा पत्र प्रदान गरियको थियो। पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउन स्थानीय तहको नेतृत्व, समुदायको अपनत्व तथा सबै सरोकारवालाको सक्रिय सहभागितालाई निरन्तरता दिइने जनाएको छ।

    नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नागरिक समाज, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा अन्य सरोकारवालाले पूर्ण खोप अभियानलाई सफल, प्रभावकारी र दिगो बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरि हस्ताक्षर गरेका थिए।

    Screenshot

    कार्यक्रममा स्वास्थ्य क्षेत्रमा हासिल भएको यो उपलब्धिलाई कायम राख्न नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने लक्ष्यसहित सबै पक्षबीच सहकार्यलाई थप सुदृढ गरिने विश्वास व्यक्त गरिएको थियो।

  • १६ असार २०८३, मंगलवार १९:०९ प्रकाशित

  • Nabintech