गृह जिल्लामै पूर्णबहादुरलाई झट्का

  • नमस्ते कर्णाली

  • सुर्खेत २६ असार ।

    नेपाली कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका पूर्वकार्यवाहक सभापति पूर्णवहादुर खड्काको गृहजिल्ला सुर्खेतका नेताहरूले आजदेखि धमाधम सदस्यता अद्यावधिक गर्न थालेका छन् । 

    अद्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा अद्यावधिकका लागि स्थानीय प्रतिनिधिहरूलाई समेत खटाएको छ भने उनीहरूलाई अद्यावधिकका बारेमा प्रशिक्षणसमेत दिएको थियो । 

    खड्का निकट मानिने कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलले क्रियाशील सदस्यता अद्यावधिक गरेको अद्यावधिक अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिए । 

    जिल्ला सभापतिले नै अद्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरूलाई अद्यावधिक गराउने अभियान सुरु गरेका हुन् । सदस्यता अद्यावधिक अभियानका लागि आगामी २७ असारसम्म म्याद थप्न पनि नेपाली कांग्रेस सुर्खेतले समय माग गरेको छ ।

  • २६ असार २०८३, शुक्रबार १०:४६ प्रकाशित

  • Nabintech