गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना 

  • नमस्ते कर्णाली

  • सुर्खेत, ३० असार ।

    विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय सुनाएको छ ।  विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकदारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

    विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई दोषी ठहर गरी सजाय सुनाएको हो । दुवै जनालाई डेढ/डेढ वर्ष र कम्पनीसहित गरेर जनही सात लाख ४८ हजार एक सय ६६ रुपैयाँका दरले जरिवाना सुनाएको छ ।

    आर्थिक वर्ष ०७८/७९ मा कर्णाली नदी र लोहरे खोला क्षेत्रबाट गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राबेल उत्खनन, सङ्कलन र बिक्री–वितरणको ठेक्कामा २२ लाख ४४ हजार पाँच सय हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३० चैतमा दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।

    सो कम्पनीलाई ३० लाख ५० हजारमा ठेक्का दिएकामा कम्पनीले १२ लाख २ हजार मात्र दाखिला गरेको थियो । बाँकी रकम दाखिला गराउन प्रशासकीय अधिकृतले कुनै पहल नगरेको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

  • ३० असार २०८३, मंगलवार ११:०७ प्रकाशित

  • Nabintech