भिरबाट लडेर महिलाको मृत्यु

  • नमस्ते कर्णाली

  • रुकुमपश्चिम, १५ साउन ।
    रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा घाँस काटेर घर फर्किने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो आठबिसकोट नगरपालिका –५ मिग्री निवासी ४२ वर्षीया धनी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार स्थानीय नरगाउँ रातामाटा जंगलबाट घाँस काटी फर्किने क्रममा करिब ५० मिटर तल भिरबाट लडेर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे वडा नम्वर ५ का अध्यक्ष घनश्याम भण्डारीले प्रहरी चौकी गोतामकोटलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा तीन जनाको टोली घटनास्थल गएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार ०६:३१ प्रकाशित

  • Nabintech