स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

  • नमस्ते कर्णाली

  • सुर्खेत, २३साउन । 

    नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‌्याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो ।

    वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए । उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो । 

  • २३ श्रावण २०८३, शनिबार १२:२१ प्रकाशित

  • Nabintech