अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

  • नमस्ते कर्णाली

  • सुर्खेत ,२६ साउन ।

     सुर्खेत–जुम्ला सडकमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा कालिकोटको महाबै–५, गेलाका ३५ वर्षीय मङ्गल शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान कालिकोटको पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएर खाँडाचक्र नगरपालिका–७, पिलीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा महाबै–५, गेलाकी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र वडा नं. ६ की प्रतिमा आचार्य घाइते भएको प्रहरीको भनाइ छ । घाइतेलाई जिल्ला अस्पताल मान्म ल्याइएकोमा दुई जनाको अवस्था गम्भीर रहेकाले जुम्ला रेफर गरिएको छ ।

  • २६ श्रावण २०८३, मंगलवार ०९:४२ प्रकाशित

  • Nabintech