सुर्खेत ,९ असोज ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो ।
सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे । सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन-३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ । सम्झौता तीन वर्षको लागि भएको हो।
पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो ।









