राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  • नमस्ते कर्णाली

  • बाँके, १० असोज ।
    राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै डुडुवा गाउँपालिका–१ का नदी तटीय तथा बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
    प्रहरीका अनुसार कृषि चौफेरी, बार्डर चौफेरी, पाँझा, छिटइपूर्वालगायत राप्ती नदी आसपासका बस्तीमा बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो।

    प्रहरी चौकी खडैचाका इन्चार्ज असई कुलबहादुर विकले जोखिममा रहेका क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान र नदी आसपास अनावश्यक रूपमा नजान आग्रह गरेका छन्।
    बाढीको अवस्था थप जोखिमपूर्ण भएमा स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्नसमेत स्थानीय बासिन्दालाई आग्रह गरिएको छ।

     

  • १० आश्विन २०८३, शनिबार ११:३२ प्रकाशित

  • Nabintech