सुर्खेत, ११ असोज ।
डोल्पामा त्रिपालले बनेको गाई गोठमा सुतिरहेका एक व्यक्तिको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइत भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका अन्दाजि बर्ष ३३ का मनरुप केसी र बर्ष ३८ का चन्द्ररुप केसी शुक्रबार साँझ त्रिपालले बनेको गाई गोठमा सुतेका थिए ।
प्रहरीका अनुसार शुक्रबारदेखि परेको अबिरल बर्षापछि शनिबार बिहान ५ः३० बजेको समयमा गोठमाथि रहेको भिरबाट ढुंगा खसेर मनरुपको टाउको र छातिमा गम्भीर चोट लागेको थियो । घटना पश्चात उपचारका लागि स्थानिय स्वास्थ्य चौकी लिकुतर्फ लैजाने क्रममा मनरुपको बाटोमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार चन्द्ररुपको ढाडमा चोट लागेको छ भने, उनको अवस्था सामान्य छ ।









