नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय १५ पुग्यो

  • नमस्ते कर्णाली

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १५ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । योसमेत गरेर निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभर शनिबार १९ सय ४६ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २५ सय तीनजना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ ।

  • ३० कार्तिक २०७७, आईतवार ११:३० प्रकाशित

  • Nabintech