अपाङ्गमैत्री स्वास्थ्य सेवा बनाउने लक्षले सिडिएस पार्क मुगुले निर्माण गर्‍यो भौतिक संरचना

  • सनत हमाल

  • मुगु : मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको ढुङ्गेधारा स्वास्थ्य चौकी लुम्सलाई अपाङ्ग मैत्री स्वास्थ्य सेवा बनाउने लक्षले भौतिक संरचना तथा आवश्यक सामाग्री हस्तान्तरण गरियको छ।

    कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस-पार्क)मुगु द्वारा CORE Group को बृहत अपाङ्गता स्वास्थ्य कार्यक्रम परियोजनाको आर्थिक सहयोगमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको ढुङ्गेधारा स्वास्थ्य चौकी लुम्सलाई अपाङ्ग मैत्री स्वास्थ्य सेवा बनाउने लक्षले रेलिङ,र्याम्प ,ट्याकटाईल , विभिन्न स्थानहरूमा नेमप्लेट जस्ता अति आवश्यक संरचनाहरू बनाईयको (सिडिएस-पार्क)मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताय। 

    साथै अस्पताललाई थप आवश्यकसामग्रीहरू  ह्वीलचियर, वाकर, वैशाखी, हाईड्रोलिक बेड समेत हस्तान्तरण गरिएको छ । 

    एक कार्यक्रम का बिच प्रमुख अतिथी छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भामले उद्घाटनगरी सरोकार वाला निकाय पत्रकार बुद्दीजिबि को उपस्थितीमा सिडिएस पार्क मुगुका कार्यकारी निर्देशकअजबहादुर शाहीले स्वास्थ्य चौकी व्यवस्थापन समिति लाई सो सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

    नागरिकको स्वास्थ्य क्षेत्रलाई माथि उकास्न र विशेष गरेर अपाङ्ग भएका व्यक्तिहरूको स्वास्थ्यमा टेवा पुग्नेर आवतजावतमा सहज बनाउन अपाङ्गमैत्री भौतिक संरचना र सामग्रीहरू हस्तान्तरण गरिएको शाहीले बताय ।

  • ५ चैत्र २०८०, सोमबार ०७:२५ प्रकाशित

  • Nabintech