नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली

  • नमस्ते कर्णाली

  • २७, भदौ २०८२

    बाँके ।नेपालगन्ज कारागारमा कैदीहरूले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरूले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताए ।
    देशका अन्य कारागारबाट जस्तै आफूहरू पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरूले आगजनी गरेका हुन् ।
    कारागारमा ठूलो सङ्ख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

  • २७ भाद्र २०८२, शुक्रबार ०७:२९ प्रकाशित

  • Nabintech