भदाै १ बाट खेलकुद प्रशिक्षण सुरु हुने

  • नमस्ते कर्णाली

  • भदाै १ बाट खेलकुद प्रशिक्षण सुरु हुने

    कोरोना भाइरसको महामारीका कारण चार महिना देखि प्रभावित रहेको नेपाली खेलकुदको प्रशिक्षण भदौ १ गतेदेखि खुल्ने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए ।

    यो निर्णयपछि अब विश्वकप छनोट खेल्ने तयारीमा रहेको राष्ट्रिय फुटबल टिमले पनि भदौ १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।

    तर स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने तत्कालका लागि खुल्ने छैन । यी ठाउँ अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।

  • ६ श्रावण २०७७, मंगलवार १७:२१ प्रकाशित

  • Nabintech