नक्कली नेपाली नोट सहित पक्राउ

  • नमस्ते कर्णाली

  • काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ गुल्फुटार बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई १ हजार दरको १९ थान नक्कली नेपाली नोटसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    ठकुरीले आफ्नो मोबाईल अनलाईनमा बिक्रीको लागि राखेको र सो मोवाईल खरिद गर्नको लागि फोन मार्फत सम्पर्क गरी एकजना ब्यक्तिले मोबाइल खरिद गर्दा दिएको २० हजार ५ सय रुपैयाँमध्ये १ हजार दरको १९ थान नक्कली जस्तो देखिएको घटनाको अनुसन्धानका लागि खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • ११ श्रावण २०७७, आईतवार ००:१७ प्रकाशित

  • Nabintech