हुम्लाको ताँजाकोट गाउँपालिका द्धारा पाँच दिन सम्म नाका बन्द

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिन सम्मका लागी गाउँपालिका अन्तरका सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको छ ।
    गाउँकार्यपालिकाले कात्तिक ११ गतेको निर्णय अनुसार देशमा कोरोना संक्रमण बढ्दै गहिरहेको र आउदै गरेको विजया पूर्णिमाको समय अवधिभर मानिसको भिडभाड बढी भएकोले आफ्ना माताहातका नाकाहरु बन्द गरीएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विशाल ढकालले नमस्ते कर्णालीलाई जानकारी दिनुभयो । गाउँपालिका स्रोतका अनुसार , “बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाकामा पाँच दिनका लागी आवतजावतमा बन्द गरीएको छ ”। दशैँको समयमा अन्तरजिल्लाबाट हुम्लाको ताँजाकोट गाउँपालिका भएर आवतजावत कोरोना संक्रमण हुनसक्ने डरले पालिका प्रवेशमा बन्द गरीएको हो । यस भन्दा पहिले पनि गाउँपालिका कार्यालयले चाडपर्व तथा मेलाहरुमा नाका बन्द गदै आएको छ । हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

     

     

  • १२ कार्तिक २०७७, बुधबार ०६:४३ प्रकाशित

  • Nabintech